रास्वपा सभापति रवि लामिछाने आज अस्पतालबाट डिस्चार्ज हुने


रास्वपा सभापति रवि लामिछाने आज अस्पतालबाट डिस्चार्ज हुने
  • नवकिरण
  • माघ १५, २०८२

काठमाडौँ, माघ १५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य भइसकेको अस्पतालले जनाएको छ।

खुट्टामा लागेको चोटपछि देखिएको ‘सेलुलाइटिस’ संक्रमण नियन्त्रणमा आएको र उपचार प्रभावकारी भएको चिकित्सकहरूको भनाइ छ। समयमै एन्टिबायोटिक उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको बताइएको छ।

लामिछाने माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभाका क्रममा देब्रे खुट्टामा चोट लागेपछि अस्पताल भर्ना भएका थिए। सुरुमा औषधि प्रयोग गर्दा पनि संक्रमण नघटेपछि थप उपचारका लागि भर्ना गरिएको थियो।

स्वास्थ्य समस्या देखिएपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। चिकित्सकहरूको सल्लाहअनुसार पूर्ण निको भएपछि मात्रै उनी नियमित राजनीतिक गतिविधिमा फर्किने बताइएको छ।