डढेलो नियन्त्रणमा ड्रोन र स्याटेलाइट प्रयोग गर्ने सरकारको योजना


डढेलो नियन्त्रणमा ड्रोन र स्याटेलाइट प्रयोग गर्ने सरकारको योजना
  • नवकिरण
  • बैशाख १, २०८३

काठमाडौं, वैशाख १ – सरकारले वन डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन ड्रोन र स्याटेलाइटमार्फत निगरानी गर्ने योजना सार्वजनिक गरेको छ। राष्ट्रिय प्रतिवद्धता पत्रको मस्यौदामा यस्तो व्यवस्था समेटिएको हो।

सरकारले वन क्षेत्रमा हुने डढेलो रोकथामका लागि उच्च सतर्कता केन्द्र स्थापना गर्ने जनाएको छ। यसले प्रविधिको सहायतामा तत्काल सूचना संकलन र व्यवस्थापन गरी क्षति न्यूनिकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

वन सम्पदाको संरक्षणसँगै यसको व्यावसायिक उपयोगमा पनि जोड दिइएको छ। सरकारी, सामुदायिक र निजी वनसम्बन्धी नीतिमा सुधार गरी काठको आन्तरिक आपूर्ति बढाउने र आयात घटाउने लक्ष्य राखिएको छ।

साथै, जलवायु परिवर्तनको असर घटाउन जलस्रोत संरक्षण, हरित अर्थतन्त्र प्रवर्द्धन र प्रदूषण नियन्त्रणका कार्यक्रम अघि बढाइने जनाइएको छ।