राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय आगामी आर्थिक वर्षदेखि सञ्चालनमा


राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय आगामी आर्थिक वर्षदेखि सञ्चालनमा
  • नवकिरण
  • बैशाख १९, २०८२

काठमाडौं, वैशाख १९ – सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ।

शुक्रबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वविद्यालयको लागि आवश्यक भौतिक संरचना तयार पारिने र सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्।

उनले भने, “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार निर्माण गरी आउँदो वर्षदेखि सञ्चालन गरिनेछ।”

त्यस्तै, राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिलाई अझ प्रभावकारी बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।