उपमेयर डंगोल भ्यूटावर भत्काउने पक्षमा


उपमेयर डंगोल भ्यूटावर भत्काउने पक्षमा
  • नवकिरण
  • बैशाख १६, २०८२

काठमाडौं, वैशाख १६ – काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उभिएकी छन्।

पत्रकारहरूसँगको भेटमा उनले उक्त टावर औचित्यहीन भएको बताउँदै महानगरले व्यापारिक उद्देश्यमा जनतासँग धोका दिन नहुने धारणा राखिन्।

उनले सम्पदाको संरक्षणमा जोड दिँदै ठमेलको छाया सेन्टर र होटल हिल्टनजस्ता संरचनाको समेत अध्ययन आवश्यक रहेको बताइन्।

यसअघि मेयर बालेन्द्र शाहले पनि टावर भत्काउने योजना बनाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध कारबाही गरेका थिए।