पूर्व सांसद वसन्तीदेवी यादव र जनमतका केन्द्रीय सदस्यसहित २३८ जना रास्वपा प्रवेश


पूर्व सांसद वसन्तीदेवी यादव र जनमतका केन्द्रीय सदस्यसहित २३८ जना रास्वपा प्रवेश
  • नवकिरण
  • फागुन १४, २०८२

बिराटनगर, फागुन १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नं.–५ मा आफ्नो प्रभाव विस्तार गरेको गरेको छ।

पूर्व सांसद तथा नेकपा (एमाले) की अग्रज नेतृ वसन्तीदेवी यादव आज बिहिवार रास्वपामा प्रवेश गरेकी छन्। उनलाई रास्वपा मोरङ–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरिन्।

कार्यक्रममा यादवले देशमा नयाँ राजनीतिक विकल्पको आवश्यकता औंल्याउँदै रास्वपा रोजेको बताइन्। “जनताले पारदर्शी र जवाफदेही नेतृत्व खोजिरहेका छन्,” उनले भनिन्।

उक्त कार्यक्रममा जनमत पार्टी का केन्द्रीय सदस्य बुलबुल यादवसहित २३८ जना नेता–कार्यकर्ताले पनि रास्वपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले टीका र सदस्यता प्रदान गरेका थिए।

रास्वपा मोरङ–५ का नेताहरूले पछिल्लो प्रवेशले स्थानीय राजनीतिक समीकरणमा परिवर्तनको संकेत दिएको दाबी गरेका छन्। उनीहरूका अनुसार विभिन्न दलबाट भइरहेको समर्थन र सहभागिताले आगामी निर्वाचनमा पार्टीको सम्भावना थप बलियो बनेको थियो।