चितवनको सभामा बालेनको रोचक प्रश्न : ‘सबै छानामा निलो जस्ता किन?’


चितवनको सभामा बालेनको रोचक प्रश्न : ‘सबै छानामा निलो जस्ता किन?’
  • नवकिरण
  • फागुन १५, २०८२

चितवन, फागुन १५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शुक्रबार चितवनमा आयोजित चुनावी सभामा रोचक शैलीमा सम्बोधन गरेका छन्।

झापा–५ बाट उम्मेदवार रहेका शाह यतिबेला देश दौडाहामा छन्। चुनाव नजिकिँदै जाँदा उनी विभिन्न जिल्लामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। कर्णाली र सुदूरपश्चिमपछि उनले चितवनमा सभा गरेका हुन्।

सभामा उनले विमानबाट चितवन अवतरण हुँदै गर्दा देखिएको दृश्यलाई विषय बनाए। चितवनका अधिकांश घरमा निलो रङको जस्ता देखिएको उल्लेख गर्दै उनले भीडतर्फ फर्केर प्रश्न गरे, “यहाँ त सबै छानामा निलो जस्ता रहेछ, कसलाई जिस्क्याउन राख्नुभएको हो?”

उनले उक्त उदाहरणलाई आफ्नो पार्टीसँग तुलना गर्दै भने, “निलो छानाले घरलाई जोगाएझैं राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई जोगाउने अभियान लिएको छ।”

उनको सम्बोधनमा स्थानीय विकास, सुशासन र परिवर्तनको आवश्यकता मुख्य एजेन्डाका रूपमा उठाइएको थियो।