रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि साउन ७ देखि उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने


रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि साउन ७ देखि उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने
  • नवकिरण
  • श्रावण ५, २०८२

काठमाडौं, साउन ५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया आगामी साउन ७ गतेदेखि सुरु गर्ने भएको छ।

पार्टीले इच्छुक उम्मेदवारहरूलाई साउन ७ देखि २१ गतेसम्म आवेदन दिन आह्वान गरेको छ। रास्वपाका अनुसार उम्मेदवार बन्ने आकांक्षीहरूले पार्टीले तोकेको न्यूनतम मापदण्ड तथा कानुनी योग्यता पूरा गर्नुपर्नेछ।

उम्मेदवार बन्न चाहनेले रास्वपाको मोबाइल एपमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

पार्टी निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले प्रारम्भिक आन्तरिक मतदानमार्फत योग्य उम्मेदवार चयन गरिने बताए। यसअघि पनि रास्वपाले पारदर्शी प्रक्रियाबाट उम्मेदवार छनोट गर्दै आएको जनाएको छ।