केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा रास्वपाको सचिवालय बैठक


केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा रास्वपाको सचिवालय बैठक
  • नवकिरण
  • पौष २०, २०८२

काठमाडौँ, पुस २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठकअघि सचिवालय बैठक सुरु गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसेको हो।

केन्द्रीय समिति बैठकको पूर्वतयारीका लागि सचिवालय बैठक आयोजना गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टी समायोजन प्रक्रिया र आगामी निर्वाचनसँग सम्बन्धित विषयहरूमा छलफल भइरहेको छ।

सभापति रवि लामिछाने पुनः जिम्मेवारीमा फर्किएपछि बसेको यो पहिलो सचिवालय बैठक हो।