बालुवाटारमा ओली र देउवाबीच दुई घन्टा छलफल


बालुवाटारमा ओली र देउवाबीच दुई घन्टा छलफल
  • नवकिरण
  • बैशाख १४, २०८२

काठमाडौं, वैशाख १४ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार साँझ बालुवाटारमा करिब दुई घन्टा भेटवार्ता भएको छ।

उपप्रधानमन्त्री विष्णु पौडेलका अनुसार पछिल्लो सरकार ढल्ने चर्चा र संसद्को बजेट अधिवेशन लगायत समसामयिक विषयमा दुई नेताबीच छलफल भएको हो।

पौडेलले दुवै नेता सरकार स्थिरताका पक्षमा एकमत रहेको र जनताको हितमा गम्भीर भएर काम गर्ने सहमति भएको जानकारी दिएका छन्।

थाइल्यान्ड भ्रमणबाट फर्किएपछि देउवाले प्रधानमन्त्री ओलीसँग भेट गर्दै सरकारलाई मजबुत बनाउन सहयोगी भूमिका खेल्ने बताएका छन्।