प्रचण्डको आग्रह : हर्क साम्पाङले उट्पट्याङ कुरा नगरी माओवादीलाई साथ दिनुहोस्


प्रचण्डको आग्रह : हर्क साम्पाङले उट्पट्याङ कुरा नगरी माओवादीलाई साथ दिनुहोस्
  • नवकिरण
  • बैशाख २८, २०८२

काठमाडौँ, वैशाख २८ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङलाई “उट्पट्याङ कुरा नगरी” माओवादीलाई साथ दिन आग्रह गरेका छन्।

किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त सम्मेलन उद्घाटन गर्दै उनले भने, “हर्क साम्पाङ लोकतन्त्रमा फुलेको फूल हुन्, तर घरीघरी नकारात्मक कुरा गर्नुहुन्छ।”

संविधान संशोधन, सुशासन र अधिकार प्राप्तिका लागि माओवादीलाई साथ दिन उनले सबै उत्पीडित वर्ग, पहिचान पक्षधर र नयाँ नेताहरूलाई आह्वान गरे।