प्रसाईं साधारण तारेखमा रिहा, कानुनी प्रक्रिया जारी


प्रसाईं साधारण तारेखमा रिहा, कानुनी प्रक्रिया जारी
  • नवकिरण
  • जेष्ठ १२, २०८३

काठमाडौं, जेठ १२ – पर्सा जिल्ला अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

प्रसाईंलाई जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएको थियो। उनमाथि विद्युतीय कारोबार ऐन २०६३ र राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

अदालतले अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन उनलाई थुनामा राख्नु नपर्ने निर्णय गर्दै साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ।

अधिकारिहरूका अनुसार प्रसाईंले युट्युबमा महिलाहरू, सेना र प्रहरीलाई अपशब्द प्रयोग गरी अपमानजनक टिप्पणी गरेको आरोप छ। साथै, उनले केही राजनीतिक नेताहरू, जस्तै प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई एउटै ‘टिम’ चलाउने दाबी गरेका थिए।