एनआरएनएको अध्यक्ष पदमा थर्क सेनको उम्मेदवारी, पाँच सूत्रीय प्रतिबद्धता सार्वजनिक


एनआरएनएको अध्यक्ष पदमा थर्क सेनको उम्मेदवारी, पाँच सूत्रीय प्रतिबद्धता सार्वजनिक
  • नवकिरण
  • बैशाख २१, २०८२

काठमाडौं, वैशाख २१ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२५–२०२७) को नेतृत्वका लागि थर्क सेनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

विश्वभर छरिएर रहेका नेपालीहरूको साझा आकांक्षा, अधिकार र पहिचानका पक्षमा क्रियाशील रहँदै आएका सेन अब नारा मात्र होइन, कार्यद्वारा उदाहरण पेश गर्ने अठोटसहित चुनावी मैदानमा उत्रिएका हुन्।

“म जे बोल्छु त्यही गर्छु, म जे गर्छु त्यही बोल्छु” भन्ने स्पष्ट प्रतिबद्धतासहित अघि बढिरहेका सेनले आफूलाई भिजन, इमानदारी र कार्यदक्षताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्।

उनका पाँच प्रमुख प्रतिबद्धता यस प्रकार छन्:

१. सम्पूर्ण एनआरएनए, सबैको साझा घर

एनआरएनएलाई भौगोलिक, राजनीतिक र व्यक्तिगत विभाजनभन्दा माथि उठाई एकीकृत, पारदर्शी र सहभागी संगठन बनाउने सेनको दृढ संकल्प छ।

२. नागरिकताको निरन्तरताका लागि संघर्ष

“नागरिकता मात्र होइन, अस्तित्व र योगदानको मान्यता हो” भन्ने सन्देशसहित उनले दोहोरो नागरिकताको पक्षमा आवाज उठाउँदै ‘Make NRNA & Nepal Great Again’ नारालाई अघि बढाएका छन्।

३. सीप, ज्ञान र सम्पत्तिको नेपाल विकासमा प्रयोग

‘Let’s Build Better Motherland’ अभियानअन्तर्गत एनआरएनहरूबाट संचित ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा लगानी गर्ने रणनीति तयार पारिएको छ।

४. समस्या होइन, समाधानमुखी नेतृत्व

गुनासोभन्दा समाधान दिने नेताका रूपमा आफूलाई चिनाउँदै सेनले सम्पूर्ण एनआरएनए सदस्यहरूको समस्या समाधानमा केन्द्रित हुने बताएका छन्।

५. विश्वसनीय र परिणाममुखी नेतृत्व

“भोट माग्न होइन, भविष्य बनाउन आएको हुँ” भन्ने भनाइसहित उनी चुनावी मैदानमा उत्रिएका छन्। उनका सबै प्रतिबद्धता व्यवहारमा आधारित र सिद्धान्तमा स्पष्ट रहेको बताइएको छ।

‘Make NRNA & Nepal Great Again by Contribution of Citizenship’ भन्ने सेनको अभियान: यो नारा दोहोरो नागरिकताको पक्षमा क्रान्तिकारी घोषणाका रूपमा आएको छ। उनले एनआरएनको आवश्यकता, नागरिकताको निरन्तरता र नेपालको समृद्धिलाई एउटै सूत्रमा जोड्दै आफ्नो अभियान अघि बढाएका छन्।