रौतहट, जेठ १३ – रौतहटका चन्द्रनिगाहपुरमा भएको सडक दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमतर्फ जाँदै गरेको यात्रुबाहक बसले पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। मृतक २२–२३ वर्षको युवक रहेका छन्।
सशस्त्र प्रहरी बल र जिल्ला ट्राफिक कार्यालयका टोलीले घटनास्थलमा उद्धार कार्य सञ्चालन गरेका थिए। दुर्घटना चन्द्रपुर नगरपालिका जुडिबेलास्थित पूर्व–पश्चिम लोकमार्गको पूर्वी लच्का नजिकै भएको हो।
बस चालक लक्ष्मीभक्त ओझा (५९) लाई नियन्त्रणमा लिएर ईप्रका चपुरमा राखिएको छ भने मृतकको शव सरकारी अस्पताल चन्द्रनिगाहपुरमा राखिएको छ।
