प्रधानमन्त्री कार्कीले चार नयाँ मन्त्री नियुक्त गर्दै, आजै शपथ


प्रधानमन्त्री कार्कीले चार नयाँ मन्त्री नियुक्त गर्दै, आजै शपथ
  • नवकिरण
  • कार्तिक ९, २०८२

काठमाडौँ, कार्तिक ९ – प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। बालुवाटार स्रोतका अनुसार नयाँ चार मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा डा. सुधा गौतम, श्रम तथा रोजगार मन्त्रालयमा खगेन्द्र सुनार, पर्यटन मन्त्रालयमा गणपतिलाल श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालयमा बब्लु गुप्ता जिम्मेवारी पाउने भएका छन्।

सरकार विस्तारसँगै मन्त्रालयहरूमा नयाँ ऊर्जाको अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्कीले आजै चारै मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले केही मन्त्रालय खाली राखी नयाँ टोली थप्ने तयारी गरेकी थिइन्, जसअनुसार आजको मन्त्रिपरिषद् विस्तार सम्पन्न हुने भएको हो।