भ्रष्टाचार मुद्दा : डा. संगिता मिश्रसँग विशेष अदालतले माग्यो पाँच लाख धरौटी


भ्रष्टाचार मुद्दा : डा. संगिता मिश्रसँग विशेष अदालतले माग्यो पाँच लाख धरौटी
  • नवकिरण
  • माघ ७, २०८२

काठमाडौं, माघ ७ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार डा. मिश्रसँग पाँच लाख रुपैयाँ धरौटी माग गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कात्तिक २ गते म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. कौशल मिश्रसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगको अभियोगअनुसार उनीहरूले झुट्टा बिल–भिजक, गलत प्रतिवेदन तथा मिलेमतोका आधारमा खरिद प्रक्रिया अघि बढाई राज्यलाई करिब १४ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति पुर्‍याएका छन्।