काठमाडौँ, वैशाख २५ — जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिहरूले आफ्नो जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्।
पार्टी स्रोतका अनुसार धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिहरूको अधिवेशन यही वैशाख महिनाभित्र सम्पन्न गरिने भएको छ।
कार्यतालिका अनुसार, धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (वैशाख २६ गते) धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा उद्घाटनसहित सम्पन्न हुने भएको छ।
त्यसैगरी, सङ्खुवासभा जिल्ला समितिको अधिवेशन शनिबार खाँदबारीस्थित होराइजन होटलको सभाहलमा आयोजना हुनेछ।
मोरङ जिल्ला अधिवेशन भने वैशाख २९ र ३० गते विराटनगरस्थित मारवाडी सेवा सदनको सभाहलमा सम्पन्न हुने तय भएको छ।
सुनसरी जिल्ला समितिको अधिवेशन वैशाख ३० र ३१ गते इनरुवास्थित सत्यनारायण मन्दिरमा आयोजना गरिने जानकारी दिइएको छ।
पार्टीले जिल्ला अधिवेशनमार्फत संगठन सुदृढीकरण र स्थानीय नेतृत्व चयनमा टेवा पुग्ने विश्वास लिएको छ।