गगनसँग सहमति सम्भव, तर झुक्ने अवस्था छैन : शेखर कोइराला


गगनसँग सहमति सम्भव, तर झुक्ने अवस्था छैन : शेखर कोइराला
  • नवकिरण
  • चैत्र १८, २०८२

काठमाडौं, चैत १८ – नेपाली कांग्रेसका नेता शेखर कोइराला ले पार्टीलाई कमजोर बनाउने उद्देश्यसहित विभिन्न गतिविधि भइरहेको दाबी गरेका छन्।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट समूहको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले संस्थापन पक्षसँग सहकार्य र सहमति गर्न सकिने स्पष्ट पार्दै भने, त्यसका लागि आत्मसम्मान गुमाएर झुक्ने अवस्था भने स्वीकार्य नहुने बताए।

उनको अभिव्यक्ति पार्टीका महामन्त्री गगन थापा तर्फ लक्षित रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार कोइरालाले पार्टीभित्र ‘नियन्त्रित लोकतन्त्र’ अभ्यास भइरहेको आरोप समेत लगाएका छन्। उनले कांग्रेसलाई कमजोर पार्ने योजनाअनुसार विभिन्न प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताए ।