भारत र पाकिस्तानबीच प्रत्यक्ष वार्ता, युद्धविराममा सहमति


भारत र पाकिस्तानबीच प्रत्यक्ष वार्ता, युद्धविराममा सहमति
  • नवकिरण
  • बैशाख २७, २०८२

काठमाडौं, वैशाख २७ – भारत र पाकिस्तानबीच हालैको तनावपछि द्विपक्षीय वार्ता भएको छ र दुबै देश युद्धविराममा सहमत भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो सहमतिको जानकारी दिँदै दुई देशले ‘दूरदर्शिता’ देखाएको बताएका छन्। भारत र पाकिस्तान दुबै देशले यसबारे पुष्टि गर्दै अब कुनै स्थल वा हवाई आक्रमण नगर्ने घोषणा गरेका छन्।

भारतीय सञ्चार संस्था एएनआईका अनुसार, शनिबार दिउँसो दुवै देशका डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसनबीच प्रत्यक्ष छलफल भएको थियो। छलफलपछि सीमा क्षेत्रमा जारी गोलीबारी र सैन्य गतिविधि तत्काल रोक्ने सहमति भएको बताइएको छ।

यो सहमति तत्कालै लागू हुने बताइएको छ भने अन्तर्राष्ट्रिय समुदायले यसलाई सकारात्मक संकेतका रूपमा लिएको छ।